स्वार्थ जोडिएको १ करोड ६० लाखको स्वास्थ्य उपकरण खरिद


काठमाडौं। मेडिकल सप्लायर्सले मिडियाको आडमा कर्मचारी धम्याउँदै टेन्डर लिने गरेकाे आरोप लाग्न थालेको छ। अस्पताल निर्देशक र मन्त्रालयका अधिकारीहरुले बताए अनुसार आफूलाई टेण्डर पार्न सप्लायर्सले दबाब दिने गरेका छन्। स्वास्थ्य उपकरण खरिदको ठेक्का आफूले नपाएको अवस्थामा मुद्दा हालेर अवरोध गर्ने  पुरानै प्रवृत्ति हो।

यसकै उदाहरण स्वरुप पछिल्ला दिनमा स्वास्थ्य क्षेत्रमा हुने खरिद अस्पतालको आवश्यकताभन्दा पनि व्यापारीको आवश्यकता हेरेर हुन थालेका छन्। स्वास्थ्यमा व्यापारी आफै उपकरण खरिदको योजना बनाउने, सम्बन्धित मन्त्रालयबाट रकम हाल्न लगाउने र आफैले उक्त समान किन्ने परिपाटीको विकास हुन थालेको हो। स्वास्थ्यमा हुने खरिद अधिकांश स्वार्थमा हुने गरेको छ।

पछिल्ला एउटा उदाहरण हुन्, मेडीइक्विेप्स नेपाल प्रा.लि.का निर्देशक केशव पाण्डे। गत वर्ष गेटा मेडिकल कलेजमा खरिद गरिएको डिआर सिस्टममा यस्तै भएको छ। उक्त उपकरण खरिदमा पाण्डेको स्वार्थ जोडिएको पाइन्छ। गत वर्ष गेटा मेडिकल कलेजले खरिद गरेको डिजिटल रेडियोग्राफी (डिआर सिस्टम) खरिदमा पाण्डेको स्वार्थ देखिन्छ।

अस्पतालका निर्देशक डा. विप्लव सापकोटाको समयमा करिब १ करोड ६० लाखमा डिआर खरिद भएको थियो। बायोमेडिकल इन्जिनीयर हरेन्द्र चटौतद्वारा तयार पारिएको स्पेकका आधारमा फेयर ट्रेड प्रा. ली.ले पाएको थियो। स्पेक नै मिन अग्रवाल सञ्चालक रहेको फेयर ट्रेड प्रालिलाई मात्रै मिल्नेगरी तयार पारिएको थियो। उक्त खरिद गरिएको उपकरणमा भुक्तानी भएको छैन। तत्कालीन निर्देशक डा. सापकोटाले बताए अनुसार समयमा सामान आउन नसकेपछि म्याद थप गर्न आग्रह गरिएको थियो। नियम अनुसार म्याद थप गरियो तर भुक्तानी भने गरिएन।

कबुल ब्राण्ड जापानको कोनिका माइनोल्टाको हो। पाण्डेको कम्पनीका अधिकारीसँग राम्रै सम्बन्ध रहेको बुझिन्छ। यसको नेपाली आधिकारीत बिक्रेता फेयर ट्रेड हो। यसमा समेत पाण्डेको सेयर रहेको पाइन्छ। जापानको ब्राण्ड ल्याउनु र पाण्डेको त्यहाँका कर्मचारीसँग भेटेको फोटो आफैले हाल्नुले उक्त खरिदमा स्वार्थ बाझिएको सहजै अनुमान लगाउन सकिन्छ।

तत्कालीन निर्देशक डा. सापकोटाले समेत उनीहरुको सम्बन्धको विषयमा मौन स्वीकार गरेका छन्। उनले खरिदमा स्वार्थ बाझिएको विषयलाई अस्वीकार गर्न सकेनन्। तर, खरिदमा कुनै बदमासी नभएको बताए ।

*भुलबस एक अनलाइनकाे नाम र सेयर संख्या भएको डकुमेन्ट पर्न गएकोमा सच्याइएकाे छ- सम्पादक।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ