सचिवहरू भेटुवाल, विष्ट, सापकोटा र खड्का जेठभित्रै घर जाने


काठमाडौं। नेपाल सरकारका ४ जना सचिव जेठ महिनाभित्रै घर जाँदैछन्। जल तथा ऊर्जा आयोग, गण्डकी प्रदेशका प्रमुख सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र संसद्का सचिव जेठभित्रै घर जाने भएका हुन्।

सबैभन्दा पहिला जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवाल घर जान लागेका हुन्। सचिव भेटुवाल ५८ वर्षे उमेर हदका कारण जेठ ४ गते अनिवार्य अवकाशमा जाने भएका छन्।

भेटुवालपछि गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट घर जान लागेका हुन्। विष्ट जेठ २२ गते घर जान लागेका छन्। उनी ५८ वर्षे उमेर हदका कारण छोटो समयमै अवकाशमा जान लागेका हुन्।

त्यसपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा जेठ २७ गते घर जाँदैछन्। सचिवको ५ वर्षे कार्यकालका कारण सापकोटा जेठ २७ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। त्यसैगरी संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का जेठ २९ गते घर जान लागेका छन्। उनी पनि ५ वर्ष विशिष्ट श्रेणी (सचिव सरह) चलाएर सरकारी सेवाबाट बिदा हुन लागेका हुन्। यो महिना मात्र ४ जना सचिव घर जाने सूचीमा छन्।

त्यस्तै असार ५ गते महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) बामदेव अधिकारी र साउन ४ गते नायब महान्यायाधिवक्ता (सचिव) टेकबहादुर घिमिरे घर जाँदैछन्। दुबै जना ५ वर्षे सेवा अवधिका कारण घर जान लागेका हुन्। भदौ १४ गते ऊर्जा सचिव सुरेश आचार्य घर जाँदैछन्। त्यसबीचमा अवकाशको उमेर ६० वर्ष लागू भए उनको जागिर केही महिना लम्बिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : ##उदयराज सापकोटा, #मधुप्रसाद भेटुवाल, #रघुराम विष्ट, #सुदर्शन खड्का

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ