भ्रष्टाचार मुद्दामा डामिएका पूर्वस्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य चौकी उद्घाटन गर्न तम्सिए


काठमाडौं । भ्रष्टाचार मुद्दामा डामिएका नेपाली कांग्रेसका नेता एवं निलम्बित प्रतिनिधिसभा सदस्य मोहन बस्नेतले ठोकर्पा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्ने भएका छन्।पूर्वस्वास्थ्यमन्त्री समेत रहेका बस्नेत स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्न तम्सिएका हुन्।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा बनेको स्वास्थ्य चौकी भवन आगामी जेठ ६ गते बस्नेतले उद्घाटन गर्दैछन् ।स्वास्थ्य चौकी व्यवस्थापन समितिले बस्नेतलाई उद्घाटन समारोहको प्रमुख अतिथि बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई टेरामक्स प्रणाली खरिद प्रकरणमा अभियुक्त बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। भ्रष्टाचारका अभियुक्त बस्नेत भने स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्न तम्सिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ