त्यो नक्कली भुटानी शरणार्थी काण्ड यो नक्कली भिजिट भिसा काण्ड


समाचार टिप्पणी

काठमाडौं। कांग्रेसबाट गृहमन्त्री बनेका बेल फर्जी कागजात बनाएर विदेश पठाउने काम निकै चर्चामा आउने गरेको छ। कांग्रेसका गृहमन्त्री रमेश लेखक मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अहिले अख्तियार लागेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृहमन्त्री लेखकका विश्वासपात्र सहसचिव तीर्थराज भट्टराई अनुसन्धानको दायरामा ल्याएपछि नक्कली भिजिट भिसा काण्ड सतहमा आएको हो।

नक्कली भिजिट भिसामा विदेश पठाउने सेटिङ धन्दामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत भट्टराई ‘रातो घरमा’ पुगेका छन्। यसले गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीमाथि गम्भीर संकट आइपरेको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा पठाउँदा कांग्रेसबाटै गृहमन्त्री बनेका बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेले मुद्दा खेपेका थिए। सचिव पाण्डे त अहिले जेलको हावा खाइरहेका छन्। संयोग पनि त्यो बेलाका गृहमन्त्री खाँण र अहिलेका गृहमन्त्री लेखक कांग्रेसी हुन्। पाण्डे र दुवाडी भूमिमा रमाएर गृहसचिव बनेका हुन्। नक्कली भुटानी शरणार्थी कै शैलीमा अख्तियारको अनुसन्धान उपल्लो तहमा पुग्यो भने यसले आकार लिने देखिन्छ।

तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठका पालामा नक्कली भुटानी शरणार्थी काण्डमा अपरेशन हुँदा मन्त्री खाँण र सचिव पाण्डे फन्दामा परेका थिए। नारायणकाजी कै फन्दामा परेका सहसचिव तीर्थराज भट्टराईलाई लेखकले पुरस्कृत गर्दा अहिले अख्तियारको फन्दामा परेका छन्। अख्तियार र सिआईबीको छानबिनबाट जोगिन गृह छिरेका सहसचिवहरूलाई लेखकले राम्रै ठाउँमा व्यवस्थापन गरेका छन्। गृहमन्त्रीको संरक्षणमा रहेका ती सहसचिवहरू क्रमश अख्तियारको दायरामा आउन थालेका छन्। ‘चुपचाप’ काम गरिरहेका गृहमन्त्री लेखकले विवादित सहसचिवहरूलाई कहिलेसम्म छहारी दिन्छन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ