कुलिङ पिरियड हटाउन र जागिर लम्ब्याउन मुख्यसचिव र सचिवहरूको ‘निर्लज्ज लबिइङ’


काठमाडौं। अवकाशपछि राखिएको ‘कुलिङ पिरियड’ हटाउन र घर जाने बेलामा जागिर अवधि लम्ब्याउन मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा ‘निर्लज्ज लबिइङ’ सुरू भएको छ। ५८ वर्ष उमेर हदका कारण यहीँ मंसिर ९ गते अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्याल एक हुल सचिवहरू लिएर शक्ति केन्द्र धाइरहेका छन्।

५८ वर्षको सर्त मानेर वरिष्ठ सचिवहरूलाई पछि पार्दै मुख्यसचिव बनेका अर्याल अवकाशपछि अख्तियार ताकेर बसेका कृष्णहरि पुस्कर कर्णलगायतका सचिवलाई लिएर सभामुख भेट्न पुगेका हुन्। मुख्यसचिव र सचिवले ‘कुलिङ पिरियड’ नहटाए र सेवा अवधि तत्काल नबढाए राजीनामा दिने घुर्की समेत दिन थालेका छन्।

हातहातै १ वर्ष जागिर बढाउन र अवकाशपछि पनि आकर्षक संवैधानिक नियुक्ति खान राजनीतिक नेतृत्वसँग ‘बार्गेनिङ’ गरिरहेका मुख्यसचिव अर्याल ‘निर्लज्ज लबिइङ’ लागेका हुन्। उनी १ वर्ष जागिर तत्काउ बढाउने र त्यसपछि अख्तियार प्रमुख बन्ने योजना निकटस्थहरूलाई सुनाउने गर्छन्।

अवकाशपछि अख्तियार जाने हो भन्दै हिँड्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णलाई अघि लगाएर राजनीतिक लबिइङमा मुख्यसचिव लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफू अनुकूल निर्णय गराउन सक्ने मुख्यसचिव अर्याल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो स्वार्थ पूर्ति गर्न लागिपरेका हुन्। उनको पछाडि लागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवहरू चूडामणि पौडेल, राजकुमार श्रेष्ठ, फणिन्द्र गौतम सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका हुन्। उनीहरूको स्वार्थमा संघीय निजामती सेवा नै अड्किएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ