रोजबड मेनपावरले पठाएका एक दर्जन कामदार साउदीमा अलपत्र

काठमाडौं। रोजबड मेनपावरले पठाएका झन्डै एक दर्जन कामदार साउदी अरबमा अलपत्र परेका छन्। उनीहरू डेढ महिनादेखि साउदीमा अलपत्र परेका हुन्। हामीलाई न कुनै काम दिन्छ न त कुनै आईडी दिइरहेको छ। हामीहरू साउदी अरबमा फसिसकेका छौं। हामी हरू फसिरहेकाले उद्धार गर्नुपर्छ ।’, साउदीमा अलपत्र परेका पीडित युवाहरूले भनेका छन्। रोजवड मेनपावरले साउदीमा लगेर १० जना अलपत्र पारेको हो।
शम्भु मार्ग एयरपोर्टमा रहेको रोजबड मेनपावर आफूहरूलाई साउदीमा लगेर अलपत्र पारेको पीडितहरूको चित्कार छ। उनीहरू उद्धारको पर्खाइमा छन्। १० जना युवाहरू साउदीमा अलपत्र परेका छन्। उनीहरूलाई रातभर मरुभूमिमा लगेर छाडेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस