महालेखा नियन्त्रक कार्यालयमा लेखा कै टिम

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयमा लेखा कै टिम खडा भएको छ। महालेखा नियन्त्रक र सहमहालेका नियन्त्रक लेखाबाटै आएका भेला भएका छन्। लेखा नै लेखाका मिलेर अहिले महालेखा नियन्त्रकको कार्यालय चलाइरहेको पाइन्छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल लेखा कै उपसचिवबाट माथि पुगेका हुन्। राजस्वको अधिकृत, लेखाको उपसचिव र प्रशासन सेवाको सहसचिव, सचिव हुँदै उनी महालेखा नियन्त्रक बन्न पुगेका छन्। करिब १ महिना गण्डकी प्रदेशको प्रमुख सचिव बनेर उनी महालेखा नियन्त्रक बनेर आएका हुन्।
२०६७ साल असारमा आन्तरिक प्रतिस्पर्धाबाट लेखाको उपसचिव भएका शोभाकान्त २०७० सालमै खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। अहिले सचिव बढुवा भएर उनी फेरि महालेखा नियन्त्रक बनेर त्यतै लागेका छन्।
सहमहालेखा नियन्त्रकत्रय यमूना प्रधान, शुशिला अर्याल र विष्णुप्रसाद ज्ञवाली पनि लेखा कै पृष्ठभूमिका हुन्। यमूना र विष्णु लेखाको उपसचिवबाटै सहसचिवमा बढुवा भएका हुन्।
२०६६ मा आदिवासी/जनजाति कोटाबाट लेखाको उपसचिव भएकी यमूना बढुवाबाट २०७८ सालमा सहसचिव भइन्। उनी अहिले भएका सहमहालेखा नियन्त्रकमा सबैभन्दा वरिष्ठ हुन्। तर, जिम्मेवारी भने त्यो अनुसारको पाएकी छैनन्।
लेखा कै उपसचिव विष्णु सहसचिव भएर फेरि महालेखा नियन्त्रकको कार्यालय पुगेका छन्। २०८० साल मंसिरमा लेखाको उपसचिवबाट प्रशासन सेवाको सहसचिव हुँदै महालेखा नियन्त्रक पुगेका उनी ३ जना सहमहालेखा नियन्त्रकमध्ये सबैभन्दा कनिष्ठ हुन्। विष्णु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा सम्हालेर महालेखातिर पुगेका छन्।
सहमहालेखा नियन्त्रक सुशिला अर्याल भने लेखाको अधिकृतबाट लेखेरै प्रशासनको उपसचिव हुँदै सहसचिव भएकी हुन्। २०६६ सालमा महिला कोटाबाट लेखाको अधिकृत भएकी सुशिला प्रशासनको उपसचिव हुँदै २०७८ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी थिइन्।
नरहरि घिमिरे, पार्वती शर्मा, सेवन्तक पोखरेल, प्रेमप्रसाद आचार्य, रेखा कँडेल, अमृत लम्साल, संगिता ओझा, दिनेशसागर भुसाल, शशिधर घिमिरेसँगै १० औं नम्बरमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी सुशिला अहिले सहमहालेखा नियन्त्रकको भूमिकामा छिन्। अहिले महालेखा नियन्त्रक कार्यालयमा लेखाका कर्मचारी एकछत्र राज चलिरहेको छ।
क्याटेगोरी : समाचारट्याग : #महालेखा नियन्त्रक कार्यालय, #यमूना प्रधान, #विष्णुप्रसाद ज्ञवाली, #शोभाकान्त पौडेल, #सुशिला अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस