विभेद अन्त्यका लागि नीति सुधार र साझा योजना आवश्यक: रिकभरीङ नेपालको तीन दिने राष्ट्रिय बैठक सम्पन्न


काठमाडौं । विभेदकारी नीति, कार्यविधि र सेवा प्रवाहमा देखिएको अवरोध अन्त्य गर्न साझा छलफल निर्माण गर्ने उद्देश्यले आयोजित तीन दिने राष्ट्रिय परामर्श तथा परियोजना बैठक सम्पन्न भएको छ।

रिकभरीङ् नेपालको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न ७ वटा राष्ट्रिय नेटवर्कका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

बैठकमा सहभागी सबै नेटवर्कले आ–आफ्नो संस्थागत काम, अनुभव र भोगेका चुनौतीबारे विस्तृत छलफल गरेका थिए। सेवा प्रवाह अवरुद्ध भएको, कतिपय स्थानमा सेवा पूर्ण रूपमा ठप्प भएको, तथा ती सेवाको पहुँचमा समस्या रहेको छलफलमा सहभागीले बताएका छन् । पछिल्लो केही महिना यता ६१ जिल्लामा सर्भिस ठप्प भएको छ ।

त्यस्तै, (PR) UNDP र Sub-recipient (SR) संस्थाहरूबीचको समन्वय अभावले योजना कार्यान्वयनमा थप चुनौती सिर्जना गरेको सहभागीहरूको भनाइ थियो। रिपोर्टिङ टेम्प्लेट अस्पष्ट हुनु र सिस्टम समयमा नखुल्दा तथ्याङ्क संकलन प्रभावित भएको पनि उनीहरूले बताएका छन्।

बैठकमा सहभागीहरूले नियम, कार्यविधि समयसापेक्ष पुनरावलोकन आवश्यक भएको धारणा राखे । स्वास्थ्य सामग्रीको अभावसम्बन्धी समस्या पनि गम्भीर रूपमा उठाइएको थियो। सिरिन्जको मात्र अभाव २८ जिल्लामा देखिएको विवरण सहभागीहरूले दिएका छन्।

बैठकबाट नीति सुधार, प्रभावकारी समन्वय र नियमित संवादमार्फत यस्ता समस्या समाधान गर्न पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ