वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिमा पूर्व मुख्यमन्त्रीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए

काठमाडौं। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति(भिसी) नियुक्तिमा पूर्व मुख्यमन्त्रीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई वीपी प्रतिष्ठानको उपकुलपति नियुक्तिमा भइरहेको ढिलाई प्रति प्रश्न समेत गरेका हुन्। उनले वीपीको भिसी नियुक्ति गर्दा विवेक पुऱ्याउन समेत अनुरोध गरेका छन्।
विगतमा जस्तो लेनदेन गरेर नियुक्ति हुने अनि लगानी उठाउन नसकेर ज्यान नै जाने इतिहास नदोहोरियोस् भनेर पूर्व मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन्।
यस्तो लेखेका छन् पूर्व मुख्यमन्त्री कार्कीले
स्वास्थ्य मन्त्रीज्यू, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा किन यति ढिला ? नियुक्ति गर्दा विवेक पुर्याउनु होला l विगतमा अर्का होनाहार नेताको कार्यकालमा नियुक्त व्यक्ती लेनदेन पीडित भएर मृत्युमृत्युवरण गरेको दु:खद उदहारणले हामी चिन्तित छौं l विगतमा जस्तो लेनदेन गरेर नियुक्ति हुने अनि लगानी उठाउन नसकेर ज्यान नै जाने इतिहास नदोहोरियोस् !
तपाईको प्रतिक्रिया दिनुहोस