भोजपुरको प्याउलीमा वृहत्त वृक्षारोपण कार्यक्रम सम्पन्न

भोजपुर। शनिबार भोजपुर जिल्लाको प्याउलीमा वृहत्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेश पन्थीको उपस्थितिमा प्याउलीमा वृहत्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।
भोजपुरको अरूण गाउँपालिकाको केन्द्र प्याउली बजार, अरूण आध्यात्मिक प्रतिष्ठान र राजमार्ग क्षेत्रमा वृहत्त वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन सिडिओ पन्थीसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू प्याउली पुगेका थिए। अरूण गाउँपालिका आह्वान र अरूण आध्यात्मिक प्रतिष्ठानको व्यवस्थापनमा उक्त वृहत्त वृक्षारोपण कार्यक्रम भएको हो।
नेपाली कांग्रेस केन्द्रीय राज्य प्रशासन विभागका सदस्य तीर्थराज खनाल, अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, अरूण आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष चूडामणि दाहाल, प्रतिष्ठानका महासचिव आचार्य सोमनाथ कोइराला, सिडिओ, डिएसपीलगायतका जिल्लाका उच्च अधिकारीहरू वृक्षारोपण कार्यमा सहभागी भए। संस्कार र संस्कृतिको संरक्षण महाअभियानलाई निरन्तरता दिइने प्रतिष्ठानका महासचिव कोइरालाले बताए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस