चार प्रतिष्ठानले उपकुलपति पाए, धरानमा श्रेष्ठ, पाटनमा पौडेल, पोखरामा खत्री, कर्णालीमा रोकाया

काठमाडौं। चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार पाटन, पोखरा, वीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादित पृष्ठभूमिका प्रा.डा . विक्रमप्रसाद श्रेष्ठ उपकुलपति बनेका छन्। उनी नेपाली कांग्रेस (देउवा) क्याम्पबाट वीपीको उपकुलपति बन्न सफल भएका हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाएका हुन्। पौडेल पाटनमा चलेका चिकित्सक हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरत खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजनकुमार रोकाया उपकुलपति नियुक्त भएका छन्। उनीहरूमध्ये सबैभन्दा विवादित चिकित्सक श्रेष्ठ हुन्।
वीपी र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेको भागमा परेका थिए। वीपीको भिसी नियुक्त श्रेष्ठभने सबैभन्दा विवादित उपकुलपति हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस