यी हुन् गृह मन्त्रालयले खटाएका १२ जिल्लाका नयाँ कमाण्डर

काठमाडौं। गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। उपसचिव सिडिओ हुने ताप्लेजुङदेखि रसुवासम्म नयाँ सिडिओ पठाएको हो।
गृह मन्त्रालयले बुधबार १२ जिल्लामा नयाँ उपसचिव सिडिओ (कमाण्डर) खटाएको छ। गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारीलाई म्याग्दीको सिडिओ बनाएर पठाएको छ। उपसचिवका लागि आकर्षक मानिने जिल्ला रसुवामा राजेश पन्थीलाई सिडिओ भएर गएका छन्। त्यसपछिको सोलुखुम्बुमा लिला कुमारी केसी पाण्डे सिडिओ भएर गएकी हुन्। उनीहरू तिनै जना गृह मन्त्रालयमा कार्यरत छन्।
मनाङको सिडिओमा नवराज पौडेल गएका छन्। उनी इलाका प्रशासन कार्यालय फर्पिङबाट मनाङ पुगेका हुन्। ताप्लेजुङको सिडिओमा शिवराम सेढाईलाई पठाइएको छ। उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत छन्।
गृह मन्त्रालयमा कार्यरत रुकुम पूर्व र दिनेशप्रसाद थानी रूकुम पश्चिमको सिडिओ भएर भएर गएका छन्। पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल बाजुराको सिडिओ बनेर गएका छन् भने इलाका प्रशासन कार्यालय लाहानका प्रमुख गोकर्णराज सुयल कालिकोटको सिडिओ भएका हुन्। मुगुको सिडिओमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री सरूवा भएका छन्। कारागार कार्यालय नख्खुका जेल भीमप्रसाद कोइराला डोल्पाको सिडिओ र कारागार व्यवस्थापन विभाग टेककुमार रेग्मी हुम्लाको सिडिओमा सरूवा भएका छन्।
सोलुको सिडिओ अनोजकुमार घिमिरे, रसुवाको अर्जुन पौडेल, मनाङका मातृका आचार्य, बाजुराका मेघनाथ पाध्य, मुगुका कमलप्रसाद पाण्डे, म्याग्दीका गुरूदत्त ढकाल, कालिकोटका नारायणप्रसाद भट्टराई, रूकुम पश्चिमका कुलबहादुर जिसी, ताप्लेजुङका नेत्रप्रसाद शर्मा, डोल्पाका रोमबहादुर महत, हुम्लाका नारायण पाण्डेय र रूकुम पूर्वका सिडिओ रूद्रप्रसाद न्यौपाने गृह मन्त्रालय तानिएका छन्। उनीहरूको ठाउँमा गृह मन्त्रालयले नयाँ सिडिओ पठाएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस