काठमाडौंको सिडिओबाट गृहको आन्तरिक व्यवस्थापन महाशाखामा व्यवस्थापन गर्ने ‘ट्रेन्ड’


काठमाडौं। काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट तानेर गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखा प्रमुखमा व्यवस्थापन गर्ने ‘ट्रेन्ड’ सुरू भएको छ।काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानेर आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। गृहको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखबाट ७ महिना अघि काठमाडौंको सिडिओ भएर गएका तिवारी गृहमै फिर्ता आएका हुन्। उनलाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा नै तोकेर काठमाडौंको सिडिओबाट सरूवा गरिएको हो।

यसअघि काठमाडौंको सिडिओबाट तानिएका जयनारायण आचार्य पनि आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमै व्यवस्थापन गरिएका थिए। काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल गएपछि आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका आचार्यलाई प्रशासन महाशाखामा सरूवा गरिएको छ। आचार्यको ठाउँ आन्तरिक व्यवस्थापन महाशाखामा तिवारीलाई ल्याइएको हो। काठमाडौं प्रशासनको राम्रोसँग व्यवस्थापन गर्न नसकेका तिवारीले गृहको आन्तरिक व्यवस्थापन कसरी गर्छन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ