‘सबैभन्दा नालायक’ स्वास्थ्य मन्त्री पौडेल बहिर्गमन

काठमाडौं– जेन जेड पुस्ताको आन्दोलनले उत्पन्न गरेको दबाबसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिन बाध्य भएका छन्। मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा कुनै ठोस उपलब्धि दिन नसकेका उनी आन्दोलनका बीच केपी ओली नेतृत्वको क्याबिनेटका ‘सबैभन्दा नालायक’ मन्त्रीका रूपमा चिनिँदै आएका थिए।
सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै उनले “आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो” भन्दै चाेखिने दाउमा पद छाडेका छन्। आन्दोलनका क्रममा निहत्था युवाको रगत बग्दा जिम्मेवारीमा रहिरहन नसक्ने स्वीकार गरेका पौडेलले कार्यकालभर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन असफल भएकाले उनको बहिर्गमन अपरिहार्य बनेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस