दाहाल, खत्री र शर्मा मिलेर निर्वाचनका लागि खर्च जुटाउँदै

काठमाडौं। अर्थ मन्त्रालयका सहसचिवत्रय सुमन दाहाल उत्तरकुमार खत्री र धनिराम शर्मा मिलेर निर्वाचनको खर्च जुटाउन लागिपरेका छन्। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने मिति घोषणा भएपछि अर्थमन्त्री रामेश्वर खनालले सहसचिवत्रय दाहाल, खत्री र शर्मालाई खर्च जुटाउने ‘टाक्स’ दिएका हुन्।
दाहाल अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख, खत्री राजस्व व्यवस्थापन महाशाखा प्रमुख र शर्मा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी छन्। प्रतिनिधिसभा भंग गरेर चुनाव गराउन र आगजानी र तोडफोडबाट कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका भवन तथा अन्य भौति . संरचना ध्वस्त भएपछि चालू आर्थिक वर्षकै बजेटबाट खर्च जुटाउनु पर्ने चुनौती थपिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भइरहेका खत्री र शर्मालाई समेत कार्यदलमा राखेर उक्त खर्च व्यवस्थापन गर्ने टाक्स दिइएको हो। उक्त कार्यदलमा अनुभवी सहसचिवहरू रहेकाले अनावश्यक र खुद्रे बजेटलाई पैल्याएर निर्वाचन र पुननिर्माणमा खर्च निकाल्ने विश्वास लिइएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस