न्यायालयतिरका व्यक्तिको रोजाइमा परेको उद्योग मन्त्रालय


काठमाडौं। सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिन्हालाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन्। उनले पद तथा गोपनियताको सपथ खाएर कार्यभार समेत सम्हालिसकेका छन्।

सिन्हा न्यायालयतिरबाट आएर उद्योगमन्त्री बन्ने पहिलो व्यक्ति भने होइनन्। यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाबाट गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चोलेन्द्र जेठान हमाल उद्योगमन्त्री बनेका थिए। हमाल उद्योगमन्त्री बनेको विषयमा चौतर्फी आलोचना भएपछि उनी राजीनामा दिएर हिँडेका थिए। अहिले सर्वोच्च अदालत कै पूर्व न्यायाधीश सिन्हा उद्योगमन्त्री बनेर सरकारमा सहभागी भएका छन्। यसले न्यायालयतिरका व्यक्तिहरूको रोजाइमा उद्योग मन्त्रालय परेको देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ