वीर अस्पताल निरीक्षण गर्न पुगेकी स्वास्थ्यमन्त्री शर्माले के भनिन्?
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले वीर अस्पतालको अनुगमन तथा निरीक्षण गरेकी छिन्। सोमबार उनले वीर अस्पतालको अनुगमन तथा निरीक्षणको गर्दै विभिन्न निर्देशन तथा सुझाव दिएकी छिन् छ। मन्त्री शर्माले अस्पताल फार्मेसीलाई स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको समन्वयमा पाम्स-२ (PAMS2) प्रणाली मार्फत फार्मेसीमा रहेका औषधीको स्टक व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्। टेलीहेल्थलाई प्रभावकारी बनाई, विदेशमा काम गर्ने नेपाली श्रमिकहरूको उपचार टेलिमेडिसिन मार्फत व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न भने उनले निर्देशन छ।
बिरामीको चापलाई ध्यानमा राखी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा रहेको सिटी स्क्यानलाई तत्काल वीर अस्पतालमा ल्याउन समेत मन्त्री शर्माले निर्देशन दिइन्।
राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी वीर अस्पतालका बिग्रेको मेडिकल तथा अन्य उपकरणहरूको तत्काल मर्मत गर्न र बिमा फार्मेसीमा सूचीकृत सबै औषधिहरु वीर अस्पतालको फार्मेसीमा उपलब्ध गराउन निर्देशन दिएकी हुन्।
मन्त्री गौतम र वीरका पदाधिकारीबीच वीर अस्पतालको गार्बेज व्यवस्थापन गर्ने इआरसिपी सेवा लिन पालो पर्खिनु पर्ने भएकोले सो सेवा थप तथा विस्तार गरी सेवा प्रभावकारी बनाउने र एमआरआई मेसिन थप गर्ने विषयमा छलफल भएको छ।
वीर अस्पताल लगायत चाप बढी हुने केन्द्रिय अस्पतालमा बिरामीको चाप घटाउन, काठमाडौं उपत्यकाबाहिरका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालहरूलाई सुधार गर्ने गरी समन्वय गर्नुपर्ने विषयमा पनि छलफल भएको छ । मन्त्री शर्माले वीर अस्पतालमा उपचारार्थ जेन्जी घाइते बिरामीहरूलाई भेटेर उपचारमा सरकारले सबै प्रकारका सहयोग गर्ने बताइन्। साथै क्यान्सर उपचारका लागि साइक्लोट्रोन राख्न बनाइएको बंकरको अवलोकन, ज्येष्ठ नागरिक तथा बिमा काउन्टरको अवलोकन, आइसीयू, इमर्जेन्सी, ओपीडी लगायतका विभागहरूको अवलोकन तथा निरीक्षण गरिन्।


तपाईको प्रतिक्रिया दिनुहोस