सशस्त्र प्रहरीका एआईजीहरू पौडेल, दाहाल र मगरको जिम्मेवारी हेरफेर
काठमाडौं। सशस्त्र प्रहरी बलका तीनैजना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको जिम्मेवारी हेरफेर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको जिम्मेवारी हेरफेर गरेको हो। एक वर्ष अवधि पुगेकाले एआईजीहरूको जिम्मेवारी हेरफेर गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
मन्त्रिपरिषद्ले कार्य विभागमा कार्यरत पौडेललाई मानवस्रोत विकास विभाग, मानवस्रोतमा कार्यरत वंशीराजलाई सीमा सुरक्षा विभाग सरूवा गरेको छ। त्यस्तै सीमा सुरक्षा विभागमा कार्यरत गणेश ठाडामगरलाई कार्य विभागमा पठाइएको हो।एक वर्ष अवधि पुगेपछि सशस्त्र प्रहरी बलमा एआईजीको विभाग हेरफेर हुँदै आएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस