चिकित्सक संघको अध्यक्षमा रिजाल र रावलबीच प्रतिस्पर्धा हुने


काठमाडौं। नेपाल चिकित्सक संघ भावी अध्यक्षमा डा. बद्रीप्रसाद रिजाल र मंगल रावलबीच प्रतिस्पर्धा हुने भएको छ। रिजाल र रावल प्यानल नै खडा गरेर चुनावी मैदानमा उत्रिन लागेका हुन्।

प्रजातन्त्रवादी चिकित्सकको तर्फबाट डा.रिजालको नेतृत्वमा टिम बन्ने छ। संघको महासचिव र उपाध्यक्ष भइसकेका रिजाल अध्यक्षमा उठ्न लागेका हुन्। रिजालको टिमबाट वरिष्ठ उपाध्यक्ष सञ्जीव तिवारी र महासचिवमा विश्वराज दवाडी उम्मेदवार बन्ने निश्चित भइसकेको छ।

प्रगतिशिल समूहबाट डा.मंगल रावलले अध्यक्ष र डा. पदम नेपाली महासचिवको उम्मेदवार बन्ने भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ