सहसचिव अर्याल दुई महिनादेखि गृह मन्त्रालयको जगेडामा


काठमाडौं। सहसचिव गोपालप्रसाद अर्याल दुई महिनादेखि गृह मन्त्रालयको जगेडामा रहेका छन्। २०८२ कार्तिक ७ गते गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयबाट अर्घाखाँचीको सिडिओको भूमिकामा रहेका अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत सरूवा गर्ने निर्णय गरेका थिए। उक्त निर्णयबाट गृह मन्त्रालय सरूवा भएका सहसचिव अर्याल झन्डै दुई महिनादेखि गृह मन्त्रालय जगेडामा ‘पेण्डुलम’ बनेका छन्।

सुशासन कायम गर्न बनेको ‘जेन-जी’ सरकारले लामो समयदेखि कर्मचारीलाई कामबिहीन राख्दा सुशासनमाथि नै प्रश्न चिन्ह खडा हुन सक्छ। राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी राज्यले काममा लगाउनु पर्छ। यसमा गृह मन्त्रालय चुकेको देखिन्छ।

पहिला पनि सहसचिवहरू लामो समयसम्म गृहको जगेडामा राखेर हुर्मत लिइँदै आएको थियो। ‘जेन-जी’ सरकारले पनि त्यसैलाई निरन्तरता दिएको पाइन्छ। उक्त विषयमा गृह मन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ