श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी


काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालय हेर्ने समेत जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री सुशीला कार्की सिफारिसमा राष्‍ट्रपति रामचन्द्र पौडेलले श्रममन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको कार्यभार तोकेका हुन्।

२०८२ भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कार्कीले सम्हालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा भण्डारी नियुक्त भएका थिए। उनलाई खानेपानी मन्त्रालयको समेत कार्यभार तोकिएको हो। प्रधानमन्त्री कार्कीले रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राखेकी छिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ