आदर्शको सेटिङमा महाप्रबन्धक बनेका अमृतमानले इजरायलबाट इन्जिन ल्याउन नसक्दा जहाज ग्राउण्डेड हुँदै
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको सेटिङमा नेपाल वायु सेवा निगमको महाप्रबन्धक बनेका अमृतमान श्रेष्ठको अकर्मण्यताका कारण निगमको जहाज ग्राउण्डेड हुने अवस्था आएको छ। निर्णय क्षमता नभएका अमृतमनले इजरायलमा रहेको इन्जिन ल्याउन नसक्दा जहाज नै ग्राउण्डेड हुन लागेको हो।
आदर्श र तत्कालीन पर्यटन सचिव हरिप्रसाद मैनालीसँग सेटिङ मिलाएर निगमको महाप्रबन्धक बनेका अमृतमानले प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र इजरालमा रहेको इन्जिन ल्याउने दाबी गरेका थिए। तर, कमिसनको चक्करमा परेर इजरायलमा रहेको इन्जिन ल्याउन नसक्दा जहाज ग्राउडेण्ड हुन लागेको हो।
आदर्शसँगको आर्थिक चलखेलमा निगमको महाप्रबन्धक बनेका अमृतमानको ध्यान जहाज ल्याउनभन्दा छोराहरू सञ्जय र समिर श्रेष्ठको करारको जागिर जोगाउनमा केन्द्रित रहेको आरोप लाग्दै आएको छ। उनले सेटिङमै केही कर्मचारी समेत भर्ना गर्न थालेको चर्चा सुनिन्छ। इन्जिन ल्याउन नसकेर जहाज ग्राउण्डेड हुने अवस्थामा पुऱ्याउने अमृतमानलाई पर्यटनमन्त्री अनिलकुमार सिन्हाले समेत संरक्षण गरिरहेको आरोप लाग्न थालेको हो। आदर्शले नै सिन्हालाई पर्यटन मन्त्रालयमा पुऱ्याउन भूमिका खेलेकाले अमृतमानको संरक्षण गरेको आरोप लागेको छ।
निगम स्रोतका अनुसार इजरायलबाट इन्जिन नल्याउने हो भने एक हप्तापछि जहाज ग्राउण्डेड हुने अवस्था छ। आदर्शको सेटिङमा महाप्रबन्धक बनेका अमृतमानले इजरायलबाट इन्जिन ल्याउन सक्ने अवस्था नरहेकाले जहाज ग्राउण्डेड हुने परिस्थिति आएको हो। अमृतमानका विश्वासपात्र युवराज अधिकारीले कमिसनको चक्करमा उक्त इन्जिन मर्मतका लागि इजरायल पठाउँदा जहाज ग्राउण्डेड हुने अवस्थामा पुगेको छ। अमृतमानले भने इन्जिन ल्याउन आफूले प्रयास गरिरहेको दाबी गर्दै आएका छन्।
युवराज साथी रहेकाले छोराहरूलाई जागिर खुवाएको जिकिर गरेका अमृतमानले निगमलाई ठूलो क्षति पुऱ्याउन खोजेका छन्। इजरायलमा रहेको इन्जिनको पनि दिनैपिच्छेको हिसाब गरेर राखेबापत भाडा तिर्नु पर्छ। इजरायलमा जति इन्जिन राख्यो निगमनलाई त्यति नै घाटा छ। निगमले इजरायलबाटै इन्जिन भाडामा लिएर जहाज चलाइरहेको छ। सेटिङ मास्टर युवराजका साथी अमृतमानले उनको इशारामा काम गर्दा निगमको जहाज ग्राउण्डेड हुन लागेको हो। यस्तो अवस्था आउँदा पनि पर्यटनमन्त्री सिन्हाले कुनै एक्सन लिएका छैनन्।
आदर्शको सेटिङमा निगमको महाप्रबन्धक बनेका अमृतमानले एक हप्ताभित्र इन्जिन ल्याउँछु भनेको एक महिना बितिसकेको छ। उनी जति उक्त जिम्मेवारीमा बस्छन् निगमलाई त्यति नै घाटा हुने देखिन्छ। तर, आदर्श र पर्यटनमन्त्री सिन्हाको मिलेमतोमा जहाज ग्राउण्डेड गराउन भूमिका खेल्ने अमृतमानको जागिर जोगिएको प्रधानमन्त्री कार्यालय कै उच्च अधिकारीहरू बताउँछन्। एक हप्तामा इजरायलबाट इन्जिन ल्याउँछु भनेर निगमको महाप्रबन्धक बनेका अमृतमानले एक महिनासम्म पनि कुनै कदम चाल्न नसक्दा जहाज नै ग्राउण्डेड हुन लागेको हो। यस्तो अवस्थामा पनि पर्यटनमन्त्री सिन्हाले उनलाई कारबाही गर्न सकेका छैनन्।
पशुपति क्षेत्र विकास कोषमा सेटिङमा कानुनविपरीत ६७ वर्षीय प्रकाशमणि शर्मालाई सदस्यसचिव बनाएका सिन्हाले निगमको सुधारमा कुनै प्रयास गरेको देखिँदैन। पशुपति र निगमको नियुक्तिमा आदर्श हाबी हुँदा मन्त्री सिन्हा विवादमा तानिएका छन्। समाज कल्याण परिषद्, पशुपतिदेखि अनेकौं नियुक्तिमा आदर्श र सिन्हाको नाम जोडिदै आएको छ। उनीहरूको मिलेमतोमा निगमको नियुक्तिले जहाज ग्राउण्डेड हुन लागेको हो। अन्य ठाउँमा पनि निगमको जहाज ग्राउण्डेड भए जस्तै अवस्था नआउँला भन्न सकिन्न।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस