समाज कल्याण परिषद्लाई सुधार गर्न मन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं। महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाज कल्याण परिषद्मा सुधार गर्न निर्देशन दिएकी छिन्। परिषद्को अध्यक्ष समेत रहेकी श्रेष्ठले निरीक्षणका क्रममा उक्त निर्देशन दिएकी हुन्।

समाज कल्याण परिषद् राजनीतिक दलको भर्ति केन्द्र बन्दै गइरहेको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने र आर्थिक चलखेलको विषय समेत सतहमा आउने गरेको सुनिन्छ। त्यस्ता विषयमा सुधार गर्न मन्त्री श्रेष्ठको निर्देशन छन्।

लामो समयदेखि हुन नसकेको पदपूर्ति समेत छिट्टै गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता रहेको छ। आईतबार सचिव लक्ष्मीकुमारी बस्नेतलाई लिएर हरिहरभवनस्थित परिषद्को कार्यालयमा पुगेकी मन्त्री श्रेष्ठले परिषद्को सुधारका लागि आफूले जस्तोसुकै सहयोग गर्ने धारणा राखेकी छिन्। परिषद्भित्र भएको सारा बेथितिमा आँखा चिम्लिएर बसेकी सचिव बस्नेतले पनि मन्त्रीको बोलीमा लोली मिलाइन्।

‘जेन-जी’ स्पिरिटकी मन्त्री श्रेष्ठले समाज कल्याण परिषद्को सदस्यसचिव भने आफूले नियुक्त गर्न पाइनन्। उनी आउनुभन्दा केही दिन अघि नै कानुनमन्त्री अनिलकुमार सिन्हाका मान्छे सरोजकुमार शर्मा परिषदको सदस्यसचिवमा नियुक्त भइसकेका थिए। मन्त्री श्रेष्ठले ‘जेन-जी’ ‘स्पिरिट’को सदस्यसचिव बनाउन नपाएपनि परिषद् सुधारर्ने हुटहुटी देखाएकी छिन्। राजनीति दलको भर्ति केन्द्र बनेको परिषद् सुधार गर्न छोटो समयमा उनलाई त्यति सहज भने देखिँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ