सचिव कर्णको सेटिङमा आचार्यलाई वैदेशिक रोजगार विभागको डिजी बनाउने तयारी
काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्कर कर्णको सेटिङमा मिरा आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाउने तयारी भएको छ। सचिव कर्णल प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ मार्फत मन्त्री राजेन्द्रसिंह भण्डारीलाई दबाब दिएर आचार्यलाई विभागको डिजी बनाउन सेटिङ गरेको स्रोतले बतायो।
श्रम मन्त्रालयमा आउनेबित्तिकै आचार्यलाई डिजी बनाउने प्रस्ताव मन्त्रीसमक्ष पेस भइसकेको मन्त्री निकट स्रोतले बतायो। सचिव कर्णले हतारहतारमा आचार्यलाई वैदेशिक रोजगार विभागको डिजी बनाउने प्रस्ताव पेस गरेको स्रोतको भनाइ छ।
वैदेशिक रोजगार विभागका डिजी कमलप्रसाद भट्टराईको मधेश प्रदेशमा सरूवा भएपछि आचार्यलाई उक्त ठाउँमा पठाउन लागिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हुँदा ‘कुलिङ अफ पिरियड’ छेडखानीमा विवादित बनेकी आचार्यलाई वैदेशिक रोजगार विभागको डिजी बनाउन खोजिएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस