प्राविधिक तर्फका ५ उपसचिव सहसचिवमा बढुवा सिफारिस


काठमाडौं। प्राविधिक तर्फका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा प्राविधिक तर्फका ५ उपसचिव सहसचिवमा सिफारिस भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले निकालेको सूचना अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूह, राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा उपसचिवहरू गौरीकुमार श्रेष्ठ, बैकुण्ठ अर्याल र राजकुमार श्रेष्ठ सिफारिस भएका छन्।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइवे उपसमूहमा राजेशप्रसाद पौडेल र विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहमा झप्पर सिंह विश्वकर्मा सहसचिवका लागि सिफारिस भएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ