मिरालाई महानिर्देशकमा पठाएर महिलामय बनाइँदै वैदेशिक रोजगार विभाग
काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशकमा मिरा आचार्यलाई पठाएर उक्त विभागलाई महिलामय बनाउने तयारी सुरू भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार विभागमा सबै महिला राखेर सेवा प्रवाह गर्न खोजेकी छिन्। प्रधानमन्त्री कै इच्छा बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट मिरालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएका हुन्।
बिचौलियाराज र संगठित ठगीमा ‘एक्सन’ लिन खोजेका श्रममन्त्री भण्डारीले विभागको महानिर्देशकमा मिरालाई पठाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रममा सरूवा हुनेबित्तिकै मिरालाई विभागको कमाण्डर बनाइएको हो। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड’ छेडखानीमा मुछिएकी मिराले वैरो विभागमा कमाण्ड सम्हाले भएकी हुन्। उक्त विभागका सबै कर्मचारी महिला राखेर सेवा प्रवाह गर्ने तयारी छ। १५ दिनभित्र तोकिएको ‘टास्क’ पूरा नगरे उनको पनि जागिर धरापमा पर्ने देखिन्छ। महिलाबाट सहसचिव भएको छोटो समयमै पहिलो महानिर्देशक बनेकी मिराले विभागलाई नमूना बनाउँछिन् कि धरापमा पार्छिन् हेर्न बाँकी छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई मधेश प्रदेशतिर लखेटिएपछि उक्त जिम्मेवारीमा मिरालाई पठाइएको हो। विभागमा सहसचिव पदकै चन्द्रप्रसाद शिवाकोटी उपमहानिर्देशक रहेका छन्। अनावश्यक र औचित्यहीन उक्त दरबन्दी कटौती गर्न पनि श्रममन्त्री भण्डारीले कदम चाल्नु पर्ने देखिन्छ। उक्त विभागमा सुधार सेवा प्रवाहमा मात्र होइन संगठन संरचनामा पनि हुन जरूरी छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस