वैदेशिक रोजगार बुझेका सचिव कर्ण विवादित बने, काफ्लेले के गर्लान्?


काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णले प्रधानमन्त्री सुशीला कार्कीलाई गुमराहमा राखेपछि उपराष्ट्रपति कार्यालयतिर पुगेका छन्। स्वास्थ्य परीक्षण शुल्क वृद्धिमा मेडिकल माफियाको स्वार्थपूर्तिका लागि उनले श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले गुमराहमा राखेर निर्णय गराएको तथ्य सार्वजनिक भएको छ। ६ हजार ५ सय रुपैयाँबाट वृद्धि गरेर ९ हजार ५ सय रुपैयाँ बनाइएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएसँगै उक्त तथ्य सार्वजनिक भएको हो।

राजेन्द्र सिंह भण्डारीले श्रम मन्त्रालयको नेतृत्व लिएसँगै स्वास्थ्य परीक्षण शुल्क वृद्धिको निर्णय खारेज गरेका हुन्। श्रम मन्त्रालयको सचिव भएर यस्तो बदमासी गर्ने कर्ण यसअघि वैदेशिक रोजगार विभागका महानिर्देशक भइसकेका कर्मचारी हुन्। श्रम मन्त्रालयमा समेत बसेर दक्षिण कोरियाको श्रम सहचारीको भूमिकामा काम गरिसकेका कर्ण वैदेशिक रोजगार बुझेका कर्मचारी पर्छन्। उपसचिव र सहसचिवमा ‘कोटा’ प्रयोग गरेका कर्ण सचिव भएपछि प्रदेश नजानेमा पर्छन्। उनै कर्णले स्वास्थ्य परीक्षण शुल्क वृद्धिमा गडबडी गरेपछि कर्मचारीले के सम्म गर्छन्, गराउँछन् भन्ने विषय अहिले बहसमा आएको छ। श्रम नबुझेकाभन्दा बुझेका कर्मचारीले बढी चलखेल गर्दा रहेछन् भन्ने यो घटनाबाट प्रस्ट भएको छ।

कर्णको ठाउँमा राष्ट्रपति कार्यालयबाट सरूवा भएर आएका सचिव दिपक काफ्ले पनि वैदेशिक रोजगार विभागका महानिर्देशक भइसकेका कर्मचारी हुन्। काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्ता हुँदै उक्त विभागको महानिर्देशक भएका काफ्ले सचिव भएर श्रममा फर्किएका छन्। श्रम बुझेका काफ्लेले कर्णले जस्तै बदमासी गर्छन् कि ‘जेन-जी’हरूको मर्म र भावना अनुसार सुधारको प्रयत्न गर्छन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ