अख्तियारको प्रवक्तामा सहसचिव न्यौपाने तोकिए


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सुरेश न्यौपानेलाई तोकिएको छ। अख्तियारमै कार्यरत सहसचिव न्यौपानेलाई प्रवक्ता तोकिएको हो।

अख्तियारका प्रवक्ता रहेका राजेन्द्रप्रसाद पौडेल सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। राजेन्द्रको ठाउँमा सुरेश आएका हुन्। भक्तपुरका न्यौपाने अख्तियारको इटहरी कार्यालय प्रमुखको भूमिकामा समेत काम गरिसकेका छन्। उनलाई पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएको अख्तियारले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ