देश छाड्ने घोषणा गरेका पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता थुनामा


काठमाडौं। पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश विशेष अदालतले आदेश दिएको छ। पोखराको लिचीबारी जग्गा घूस लेनदेन प्रकरणमा पूर्व मन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको हो।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार मुद्दाको सुनुवाई गर्दै पूर्व मन्त्री गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको अख्तियारको अभियोग छ। उक्त मुद्दामा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि प्रतिवादी रहेकी छिन्। घूस डिल गरेको अडिओ सार्वजनिक भएपछि गुप्ताले उक्त अडिओ आफ्नो भएको पुष्टि भए देश छाड्ने घोषणा गरेका थिए। उनलाई अदालतले कारागारमा थुन्न आदेश दिएको हो।

बुधबार मात्रै कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ