श्रीकुमारसँग वैकल्पिकमा धकेलिएका प्रेमबहादुर बल्ल बन्ने भए सहसचिव


काठमाडौं। प्रेमबहादुर मुङ्गमेन कार्यक्षमताका आधारमा लेखापरीक्षण समूहको सहसचिव (नायब महालेखापरीक्षक)मा बढुवाका लागि सिफारिस भएका छन्। आदिवासी/जनजाति कोटाबाट २०७५ सालमै सहसचिवको वैकल्पिकमा परेका मुङ्गमेन बल्ल सहसचिव बन्ने भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले पुस ९ गते मुङ्गमेनलाई कार्यक्षमताका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ। उनी नेपाल लेखापरीक्षण सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस भएका हुन्।

लोक सेवा आयोगले आदिवासी/जनजाति कोटामा लिएको नेपाल लेखापरीक्षण सेवा, राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) वा सो सरहको १ पदका लागि लिएको परीक्षामा श्रीकुमार राई सिफारिस हुँदा प्रेमबहादुर वैकल्पिकमा परेका थिए। जन्तेढुंगा खोटाङका श्रीकुमार राई सहसचिवमा सिफारिस हुँदा पौवादुङ्मा भोजपुरका प्रेमबहादुर मुङ्गमेन वैकल्पिकमा परे। लोक सेवा आयोगले २०७५ चैतमा सिफारिस गर्दा श्रीकुमारको वैकल्पिक उम्मेदवारमा प्रेमको नाम राखेको थियो। २०७५ सालमा सहसचिवको वैकल्पिक धकेलिएका प्रेमलाई उक्त पदमा आउन ७ वर्ष कर्नुपऱ्यो।

आदिवासी/जनजाति कोटाबाट लेखापरीक्षण सेवाको सहसचिवमा सिफारिस भएका श्रीकुमारले सचिव बढुवा हुने एसईडीपी तालिम नलिदा उनी अहिले सहसचिवमै अड्किरहेका छन्। श्रीकुमार र प्रेमको ७ वर्षपछि सहसचिवमै भेट हुने अवस्था आएको छ। श्रीकुमारले एसईडीपी तालिम लिएको भए लेखापरीक्षण समूहको विशिष्ट श्रेणी, सचिव (उपमहालेखापरीक्षक) भइसकेका हुने थिए। उनीहरूको भेट सहसचिवमा हुने थिएन। तर, पेन्सनको टेन्सनले गर्दा श्रीकुमार सहसचिवमै रुमल्लिरदा प्रेमले ७ वर्षपछि समान पदमा भटेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #प्रेमबहादुर मुङ्गमेन, #श्रीकुमार राई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ