पाथीभरा केबलकारको ‘झगडा’ले रास्वपाको संसदीय दलमा नपाउने भयो प्रवेश 


काठमाडौं। पाथीभरा केबलकारको ‘झगडा’ले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा प्रवेश नपाउने भएको छ। पाथीभरामा केबलकार बनाउने सचिन ढकाल र कुनै हालतमा बनाउन नदिने अभियानमा लागेका डा. महेन्द्र लावती रास्वपाको समानुपातिक सूचीमा परेका थिए। दुबै जनाले समानुपातिक सूचीबाट नाम फिर्ता लिने भएपछि केबलकारको झगडा रास्वपाको संसदीय दलमा प्रवेश गर्ने अवस्थाको अन्त्य भएको हो।

संविधानमा व्यवस्था भएको समानुपातिक निर्वाचन प्रणालीको उद्देश्य अनुसार महेन्द्र र सचिन दुबै जनाको प्रतिनिधित्व उचित थिए। पूर्व गृहमन्त्री पदम सुन्दर लावतीका छोरा महेन्द्र र चर्चित व्यवसायी चन्द्र ढकालका छोरा सामाजिक आर्थिक र शैक्षिक रूपले पछाडि परेका व्यक्ति हैनन्। विदेशमा पढेर आएका उनीहरू समानुपातिकको सूचीमा पर्नु नै आफैमा संविधानको बर्खिलापमा थियो। तरमारा वर्गका महेन्द्र र सचिनलाई समानुपातिकबाट लान खोज्नु आफैमा गलत हो।

पाथीभरा केबलकारका ‘झगडिया’ रहेका महेन्द्र र सचिन एकसाथ रास्वपाको समानुपातिक सूचीमा पर्दा पार्टीभित्रै हंगामा हुने स्थिति थियो। उनीहरू दुवैले समानुपातिकबाट हट्ने सार्वजनिक प्रतिबद्धता गरेपछि उक्त खतरा टरेको हो। समानुपातिक समावेशी सिद्धान्तलाई चुनौती दिँदै उनीहरूलाई समानुपातिकमा राखिएकोमा त्यो समेत करेक्सन हुने भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रा. डा. महेन्द्र लावती, #सचिन ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ