तेस्रो प्रयासमा महालेखापरीक्षकको कार्यालयको सचिव बने घनश्याम पराजुली


काठमाडौं। घनश्याम पराजुली तेस्रो प्रयासमा महालेखापरीक्षकको कार्यालयको सचिव बनेका छन्। मन्त्रिपरिषद्को बैठकले नेपाल लेखापरीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको छ। एक नम्बरमा सिफारिस भएको तेस्रोपटकमा पराजुली महालेखापरीक्षकको कार्यालयको सचिवमा बढुवा भएका भएका हुन्।

लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी उपमहालेखापरीक्षक (सचिव)मा बढुवा हुनबाट घनश्याम पराजुली दुईपटक छुटिसकेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले १ नम्बरमा सिफारिस भएका पराजुलीलाई दुईपटक सचिवमा बढुवा हुन दिएको थिएन। तेस्रो प्रयासमा उनी सचिवमा बढुवा भएका हुन्।

उपमहालेखापरीक्षक नारायण एमसीले ५८ अनिवार्य अवकाश पाएसँगै उक्त ठाउँमा आचार्यको बढुवा भएको हो। अघिल्लोपटक पनि १ नम्बरमा सिफारिस भएका पराजुलीलाई उछिन्दै एमसी उपमहालेखापरीक्षकमा बढुवा भएका थिए। एक महिनापछिको बढुवामा पनि उनलाई पछि पार्दै आचार्य उपमहालेखापरीक्षकमा बढुवा भएका छन्।

पहिलो पटक एक नम्बरमा सिफारिस हुँदा नारायण एमसी उपमहालेखापरीक्षकमा बढुवा भएका थिए। एमसी अवकाशमा गएपछि सरकारले फेरि ईन्द्रप्रसाद आचार्यलाई उपमहालेखापरीक्षक (सचिव)मा बढुवा गर्ने निर्णय गऱ्यो। आचार्य घर गएपछि मात्र पराजुली सचिवमा बढुवा भएका हुन्।

२०७६ माघमा नायबमहालेखापरीक्षक(सहसचिव) बनेका पराजुली ६ वर्षमा सचिवमा बढुवा भएका हुन्। ५८ वर्षे उमेर हद कायम रहे २०८६ चैतसम्म ४ वर्ष विशिष्ट श्रेणीमा रहनेछन्।

क्याटेगोरी : समाचार
ट्याग : #घनश्याम पराजुली सचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ