नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त, उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो।
त्यसैगरी काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन्। अध्यक्ष र उपाध्यक्षसहित काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ। नेपाल नर्सिङ काउन्सिलले नर्सिङ पेशाको नियमन, गुणस्तर अभिवृद्धि तथा पेशागत मर्यादा कायम राख्ने जिम्मेवारी वहन गर्दै आएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस