लेखापरीक्षण सेवाको १ सहसचिवका लागि ३ जनाको नाम निस्कियो


काठमाडौं। लेखापरीक्षण सेवाको १ सहसचिवका लागि ३ जनाको लिखितमा नाम निस्किएको छ। लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धामा लेखापरीक्षण सेवामा १ पदका लागि लिएको परीक्षामा लिखितमा ३ जनाको नाम निस्किएको हो।

लेखापरीक्षण सेवाको सहसचिवमा उपसचिवहरू कुलचन्द्र भण्डारी, नीरप्रसाद सुवेदी र महेश पौड्यालले नाम निकालेका हुन्। उनीहरूमध्ये १ जना आन्तरिक प्रतिस्पर्धाबाट लेखापरीक्षण सेवाको सहसचिव बन्नेछन्। पौड्याल यसअघि पनि सहसचिवको वैकल्पिकमा परेका थिए।

क्याटेगोरी : समाचार
ट्याग : #कुलचन्द्र भण्डारी, #नीरप्रसाद सुवेदी, #महेश पौड्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ