न्याय सेवाको तीनवटै समूहमा कोइरालाको नाम
काठमाडौं। न्याय सेवाको तीनवटै समूहको सहसचिवमा उपसचिव केदार कोइरालाको नाम निस्किएको छ। लोक सेवा आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाको परीक्षामा लिखितमा कोइरालाले न्याय सेवाको कानुन, न्याय र सरकारी वकिल तीनवटै समूहमा नाम निकाल्न सफल भएका हुन्। कोइराला यसअघि पनि सहसचिवको लिखितमा नाम निकाल्ने कर्मचारी हुन्।

हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको उपसचिव रहेका कोइराला न्याय सेवाको तीनवटै समूहको लिखित परीक्षामा उत्तीर्ण भएका हुन्। यसपटक उनी सहसचिव हुने निश्चित जस्तै छ।
न्याय समूहको १ पदका लागि कोइरालसहित गंगा न्यौपाने र ध्रुबबहादुर कुँवर लिखितमा उत्तीर्ण भएका छन्।

कानुन समूहको १ पदका लागि पनि कोइरालासहित बालकृष्ण निरौला, महेन्द्रप्रसाद साँखी र शारदा फुयाँल उत्तीर्ण भएका छन्। साँखी पनि कोइराला जस्तै सहसचिवको वैकल्पिकमा धकेलिनेमा पर्छन्।
सरकारी वकिल समूहको १ पदका लागि लिखितमा कोइरालासहित कृष्णप्रसाद अधिकारी, गंगा न्यौपाने, बिना दाहाल, शारदा फुयाँल र सविना शर्माको नाम निस्केको छ।

गंगा न्यौपानेको न्याय र सरकारी वकिलमा नाम निस्केको छ। शारदा फुयाँलको कानुन र सरकारी वकिल समूहमा दुईतिर नाम निस्केको हो। केदार कोइरालालाई गंगा न्यौपाने र शारदा फुयाँलले पछ्याइरहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #केदार कोइराला



तपाईको प्रतिक्रिया दिनुहोस