सहसचिवको लिखितमा लगातार उत्तीर्ण भइरहेकी गंगा न्यौपाने
काठमाडौं। नेपाल न्याय सेवा कानुन समूहको उपसचिव गंगा न्यौपाने सहसचिवको लिखित परीक्षामा लगातार उतीर्ण भइरहेकी छिन्। अघिल्लो वर्ष खुला तर्फ सरकारी वकिल समूहको लिखित परीक्षामा उत्तीर्ण भएकी न्यौपाने यो पटक आन्तरिक प्रतिस्पर्धामा छिरेकी हुन्। न्यौपाने नेपाल कानुन आयोगमा कार्यरत छिन्।
न्यौपाने न्याय र सरकारी वकिल समूहको लिखित परीक्षामा उत्तीर्ण भएकी छिन्। मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सफल भइन भने न्यौपाने कानुन समूहबाट बाहिरिने छिन्। उनी अहिले न्याय र सरकारी वकिल समूहको लिखित परीक्षामा उत्तीर्ण भएकी हुन्।


ट्याग : #गंगा न्यौपाने



तपाईको प्रतिक्रिया दिनुहोस