गृहमा सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाउने बेथिति कायमै


काठमाडौं। गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएका आधा दर्जन बढी जिल्लामा उपसचिव सिडिओ खटाएको छ।सहसचिवको दरबन्दी रहेको डोटी, जाजरकोट, अछाम, जुम्ला, रोल्पा, सल्यान, बागलुङ र नुवाकोट जिल्लामा उपसचिव सिडिओ खटाएको हो। केही जिल्लामा खटाइएका उपसचिवहरू सहसचिवमा बढुवा हुँदैछन् भने केही जिल्ला उपसचिवले नै धान्नु पर्ने अवस्था आएको छ।

सहसचिव सिडिओ हुने जुम्ला, जाजरकोट, अछाम र डोटीमा उपसचिव कै हैकम चल्ने देखिन्छ। जुम्लामा उपसचिव दिपक पौडेल, जाजरकोटमा राजुप्रसाद पौडेल, अछाममा यज्ञ बहादुर बुढा र डोटीमा कल्पना घिमिरे नेपाल सिडिओ छन्। उनीहरू उपसचिव कै हैसियतमा सिडिओ चलाउनेमा पर्छन्।

सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाइएको सल्यान, रोल्पा, बागलुड र नुवाकोटमा भने उनीहरू केही दिनमै सहसचिवमा रूपान्तरण हुनेछन्। सल्यानमा सहसचिवको बढुवा प्रक्रियामा रहेका महेन्द्रकुमार सापकोटा, रोल्पामा गंगा बहादुर क्षेत्री, बागलुङमा कृष्णप्रसाद आचार्य र नुवाकोटमा शम्भुप्रसाद रेग्मी सिडिओ खटाइएका छन्।

उपसचिव सिडिओ खटाइएका सल्यान, रोल्पा, बागलुङ र नुवाकोटले केही दिनमै सहसचिव पाएपनि जुम्ला, जाजरकोट, अछाम र डोटीमा उपसचिव नै सिडिओ रहनेछन्। गृहमा सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ खटाउने बेथिति कायम रहने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कल्पना घिमिरे नेपाल, #कृष्णप्रसाद आचार्य, #गंगा बहादुर क्षेत्री, #दिपक पौडेल, #महेन्द्रकुमार सापकोटा, #यज्ञ बहादुर बुढा, #राजुप्रसाद पौडेल, #शम्भुप्रसाद रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ