महाराजगञ्ज नर्सिङ क्याम्पसको प्रमुखका डा. आचार्य नियुक्त
काठमाडौं। महाराजगञ्ज नर्सिङ क्याम्पसको प्रमुखका डा. देवका कुमारी आचार्य नियुक्त भएकी छिन्। त्रि.वि. कार्यकारी परिषद्को निर्णय अनुसार महाराजगन्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख पदमा सह-प्राध्यापक आचार्य नियुक्त भएकी हुन्।
नेपाल नर्सिङ संघको राजनीतिमा निकै सक्रिय रहेकी देवका नर्सिङ क्याम्पस हाँक्न पुगेकी छिन्। उनलाई कार्यकारी परिषद्ले महाराजगन्ज नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख जिम्मेवारी दिएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस