विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा जथाभावी डोजर
काठमाडौं। विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा जथाभावी डोजर चल्न थालेको छ। पशुपति क्षेत्र विकास कोषको भण्डारखाल एरियामा वडा कार्यालयले डोजर लगाएको हो। उक्त विषयमा कोष वेखबर देखिन्छ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रकाशमणि भुसालले उक्त विषयमा जानकारी लिने काम भइरहेको बताए। पुरातात्त्विक क्षेत्रमा डोजर चलेको विषयलाई गम्भीरतापूर्वक लिइन्छ। पशुपति क्षेत्रमा भने निर्वाध रूपमा डोजर चलिरहेको हो। उक्त विषयमा पशुपति क्षेत्र विकास कोष र पुरातत्त्व विभागले तत्काल ‘एक्सन’ लिन जरूरी छ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस