राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राध्यापक श्याम लम्साललाई 


काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राध्यापक श्याम लम्साललाई दिइएको छ। प्रतिष्ठानका रजिष्ट्रार रहेका लम्साललाई प्रधानमन्त्री एवं कुलपतिस्तरीय निर्णयबाट निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो। अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्नका लागि लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।

गत असोजमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिएपछि उक्त प्रतिष्ठान उपकुलपतिबिहीन भएको थियो। ४ महिनापछि रजिष्ट्रार लम्साललाई निमित्त दिइएको हो। राप्ति प्रतिष्ठानमा उपकुलपति नहुँदा समस्या भएको थियो। रजिष्ट्रार लम्साल निमित्तको जिम्मेवारी दिएर अड्किएका कामलाई सुचारू गराउन बाटो खुलाइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ