बालेनले यही घरबाट सुरू गर्नेछन् केपी ओली हराएर देशको प्रधानमन्त्री बन्ने अभियान


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह प्रतिनिधिसभाको चुनावमा भिड्ने तयारी गरेका छन्। झापा क्षेत्र नम्बर ५ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई पराजित गरेर बालेन प्रधानमन्त्री बन्ने योजनामा रहेका छन्।

जेन-जी आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेका तत्कालीन प्रधानमन्त्री ओलीलाई हराएर बालेन देशको प्रधानमन्त्री बन्ने योजनामा छन्। त्यसका लागि उनले ओली कै क्षेत्र रोजेका हुन्। मेयरबाट राजीनामा दिएर उनी देशको प्रधानमन्त्री बन्न झापा झदैछन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन झापा-५ बाट चुनाव उठ्ने तयारीमा छन्। रास्वपा झापाले बालेनका लागि घर समेत भाडामा लिइसकेको छ। उक्त घरबाटै बालेनले चुनावी अभियान सञ्चालन गर्नेछन्। मुख्य क्षेत्र दमक रहेको झापा-५ माथि उठेर बालेन देशको प्रधानमन्त्री बन्ने तयारीमा जुटेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ