गोकुलले चाप्लुसी नगर्दा ओलीले दिए मेयर ब्यान्जुलाई टिकट
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीको चाकडी र चाप्लुसी नगर्दा विघटित प्रतिनिधिसभामा काभ्रेपलाञ्चोक-२ बाट निर्वाचित सांसद गोकुलप्रसाद बाँस्कोटाले टिकट गुमाएका छन्। ओलीले आफूसँग माफी मागे मात्र टिकट दिने सन्देश पठाएपछि बाँस्कोटाले उनको सन्देश अस्वीकार गरिदिएका थिए। बाँस्कोटाले चाकडी र चाप्लुसी नगर्ने भएपछि उनको टिकट खोसिएको हो।
नेकपा बाँस्कोटा गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक २ बाट निकटम प्रतिद्वन्द्वी कांग्रेस शिवप्रसाद हुमागाई झन्डै ६ हजार मतान्तरले हराएका थिए। उनै बाँस्कोटालाई ओलीले टिकटमा प्रतिशोध साँधेका हुन्। ओलीले काभ्रेपलाञ्चोक-२ को टिकट धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्यान्जु श्रेष्ठलाई दिएका छन्। बालेनले काठमाडौं महानगरपालिका छाडेर ओलीसँग चुनाव लड्न गएको भन्दै आलोचना गर्ने एमालेले पनि धुलिखेलका मेयर ब्यान्जुलाई टिकट दिएको हो। यसबाट बालेनलाई आलोचना गर्ने बाटो समेत एमालेका लागि बन्द भएको छ। ओलीले गोकुललाई देखाएर अशोकलाई टिकट दिँदा काभ्रेपलाञ्चोक एमालेभित्र भाँडभैलो मच्चिएको छ। यसले काभ्रेपलाञ्चोकमा अन्य पार्टीलाई सहज हुने देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस