सामान्य वर्षामै डुब्न खाेज्दै स्वास्थ्य मन्त्रालय : टेन्टभित्र पानी, कुर्सी–फाइल जोखिममा
काठमाडौं । जेन्जी आन्दोलनपछि सिंहदरबारभित्र सरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म स्थायी भवन पाउन सकेको छैन। बाहिर रहेको आफ्नै भवन जेन्जी आन्दोलनका क्रममा जलेर नष्ट भएपछि मन्त्रालय अहिले पनि सिंहदरबार परिसरभित्रै अस्थायी टेन्ट संरचनाबाट काम गर्न बाध्य छ।

हिजोकाे सामान्य वर्षा नै टेन्टभित्र पानी पस्दा मन्त्रालयका कार्यकक्षमा पानी पसेको छ। कुर्सी, फाइल र महत्वपूर्ण कागजातहरू पानीको जोखिममा परेका छन्।
सामान्य पानीले नै मन्त्रालयको नियमित कामकाज प्रभावित भएपछि कर्मचारीहरू पानी छल्दै सेवा दिन बाध्य छन्। राष्ट्रिय स्वास्थ्य नीति निर्माण, महामारी व्यवस्थापन र संघीय स्वास्थ्य कार्यक्रम समन्वय गर्ने मन्त्रालय स्वयं अस्थायी र असुरक्षित संरचनामा सीमित रहनु गम्भीर विषय भएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयलाई संसद सचिवालयको एक नम्बर भवन उपलब्ध गराइने निर्णय भएको बताइए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन। सम्बन्धित निकायहरूले यस विषयमा कानमा तेल हालेर बसेका छन् । तत्कालै मन्त्रालयलाई सुरक्षित र स्थायी भवनमा सार्नुपर्ने आवश्यकता झन् गहिरो बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस