अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करारका नासु हुँदै अधिकृत बनेका चिरञ्जीवी बुढाथोकी
काठमाडौं। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बेथितिले पराकाष्ठा नाघेको पाइन्छ। करारमा नायब सुब्बा सरहको नियुक्ति लिएर अधिकृत बनेको फेला परेको छ। खोटाङ ऐसेलुखर्क गाउँपालिकाका चिरञ्जीवी बुढाथोकी गार्डेन सुपरभाइजर (नासु) सरहको पदमा करारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छिरेका थिए। उनै बुढाथोकी राजनीतिक पहुँचको आधारमा करारमै अधिकृतमा बढुवा भएको पाइन्छ। यसले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बेथितिले पराकाष्ठा नाघेको देखिन्छ।
मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा प्रशासनमा दुई जना करारका अधिकृत भर्ति गरिएका थिए। तीमध्ये नासु सरहको पदबाट बढुवा भएका बुढाथोकी र अर्का सैयद मोहम्मद इमरान हुन्। नासुबाट छिरेका बुढाथोकी अहिले निकै हर्ताकर्ता मानिन्छन्।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समिति अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलेर ध्वस्त भएको छ। उक्त खरानी मात्र बाँकी रहेको ठाउँमा बुढाथोकीको अगुवाइमा स्थायी कर्मचारीलाई समेत हाजिरी गर्न अवरोध खडा गर्न थालिएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मोटरसाइकलमा हुइँकिदै आएका बुढाथोकी नासुबाट अधिकृत बनेको विषयमा समेत छानबिन हुनुपर्ने देखिन्छ। समितिका पदाधिकारीलाई प्रलोभनमा पारेर जागिर जोगाउन र खरानी चाट्न तम्सिएका बुढाथोकीलगायतसँग सवारीसाधन फिर्ता लिन नसक्नुले उनको त्यहाँ कतिको दबदबा रहेको छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ। करारको नासुमा छिरेर अधिकृत सरहको तलब,सेवा सुविधा भोग गरेका बुढाथोकीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले तत्काल छानबिन गर्न जरूरी छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस