महाशिवरात्रिको चहलपहल सुरू: पशुपतिमा साधु सन्त आउन थाले
काठमाडौं। पशुपति क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरू भएको छ। महाशिवरात्रिका लागि पशुपतिमा साधु सन्त आउन थालेका छन्।
पशुपतिको राम मन्दिर परिसरमा दर्जनौं साधु सन्त आइसकेका छन्। फागुन १३ गते महाशिवरात्रि पर्व परेको छ। राम मन्दिर परिसरमा मात्र होइन हंसमण्डप, बनकाली, मृगस्थली क्षेत्रमा समेत साधु, जोगीहरू देखिन थालेका हुन्। उनीहरूको उचित व्यवस्थापन भने हुन सकेको देखिँदैन।





तपाईको प्रतिक्रिया दिनुहोस