पशुपतिको सभ्यता समाप्त पार्न सक्रिय बन्यो बागमती सभ्यता


काठमाडौं। नाम बागमती सभ्यता विकास समिति, काम पशुपतिको सभ्यता सर्वनाश। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले त्यस्तै काम गरेको छ। बागमती सभ्यताको डोजर प्रयोग गरेर पशुपतिको सभ्यतामाथि हमला गरिएको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको डोजरले ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्रमा दुई दिनदेखि लगातार हमला गरिरहेको छ। प्राचीन पशुपतिनाथ मन्दिर र प्राचीनहरू घाटहरू मास्ने गरी सोमबार र मंगलबार पशुपतिको भष्मेश्वर घाटमा बागमती सभ्यताको डोजर लागेको हो।

 पशुपति मन्दिरको ठिक अगाडि समेत मन्दिरलाई नै असर गर्ने गरी बागमती नदीमा बागमती सभ्यताको डोजरले बितण्डा मच्चाएको छ। बागमती सभ्यताका नाममा पशुपतिको सभ्यता समाप्त पार्न आयोजना प्रमुख मचाकाजी महर्जन आफैं फिल्डमा देखिन्छन्। भन्ने बागमती सभ्यता जोगाउने गर्ने सम्पदा मास्ने काम मचाकाजीको काइदा खतरनाक नै देखिन्छ।

पशुपतिको आर्यघाट र भष्मेश्वर घाटमा डोजर आतंक मच्चिदा समेत पशुपति क्षेत्र विकास कोष र पुरातत्त्व विभाग रमिते बनेका छन्। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदा हमला गरिरहेको उक्त डोजरलाई तत्काल जफत गरेर मचाकाजीलाई नियन्त्रणमा लिनु पर्ने हो। तर, पुरातत्त्व विभाग कानुनी अधिकार प्रयोग गर्न चुक्दा पशुपतिको सभ्यता र प्राचीन संरचनामाथि बागमती सभ्यताको डोजर नाचेको हो। यसले कोष र विभागका जिम्मेवारी अधिकारी गम्भीर प्रश्न उठेको छ। पुरातत्त्व विभागले कानुन कार्यान्वयन गर्न नसक्दा विश्व सम्पदा सुचीमा सूचीकृत पशुपति क्षेत्र नै कालोसूचीमा पर्ने खतरा बढेको छ। बागमतीको डोजरले पशुपतिनाथको अस्तित्व नै समाप्त पार्न उद्यत रहेको पाइन्छ।

पशुपतिनाथ मन्दिर अगाडिको बागमती नदीमा बालुवा रहेकाले कहिले कोष त कहिले बागमती सभ्यताको गिद्धे नजर पर्दै आएको छ। यसपटक पशुपतिमा आएर बालुवा पाउने ठाउँमा बागमती सभ्यताको डोजर हमला गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ