पोखराको पुरातात्त्विक महत्त्व बोकेको ‘हावा घर’मा चल्यो डोजर


काठमाडौं। विकास निर्माणका नाममा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदामाथि डोजर चल्न थालेको छ। पशुपति क्षेत्रमा डोजर आतंक मच्चिएको घटना सेलाउन नपाउँदै पोखरामा पनि ऐतिहासिक र पुरातात्त्विक सम्पदामाथि डोजर चल्न थालेको हो।

पोखराको पाताले छाँगो (डेभिज फल)मा रहेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको घुमाउरो गोलो घरमाथि डोजर चलाइएको छ। हावा घर समेत भनेर परिचित उक्त गोल घरमाथि डोजर लगाएर भत्काइएको छ। पोखराका पुरातात्त्विक अभियान्ताहरूले योजनाबद्ध रूपमा उक्त ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाको हत्या गरेको टिप्पणी गरेका छन्।

नेपाली र भारतीय चलचित्रको समेत छायाङ्कन (सुटिङ) भएको उक्त ऐतिहासिक संरचनामा डोजर लगाएर ध्वस्त पारिएको हो। विकास निर्माणको बहानामा उक्त ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदा ‘हावा घर’माथि डोजर लगाएर भत्काइएको हो।

पानी भएका बेला झरना र नभएका बेला गाउँले प्रकृतिको पुरानो कलात्मक गोलघर देखिने गरेको थयो। उक्त घर हेर्न विदेशी पर्यटकको घुँइचो लाग्ने गरेको थियो। तर अहिले उक्त पुरातात्त्विक सम्पदामाथि डोजर लगाएर भत्काइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ