मेडिकल उपकरण खरिदका विषयमा यस्तो छ अख्तियार प्रमुख राईको टिप्पणी
काठमाडौं। अख्तियार प्रमुख प्रेमकुमार राईले मेडिकल उपकरण खरिदमा समस्या नै समस्या रहेको टिप्पणी गरेका छन्। मेडिकल उपकरण खरिद घोटालामा १/२ वटा मुद्दा चलाएपछि उजुरी चाङ लाग्न थालेकाे अख्तियार प्रमुख राईको दाबी छ। मेडिकल उपकरणमा २/४ वटा एजेन्ट मात्रै एकाधिकार रहेको उनको प्रतिक्रिया छ।
एउटा ‘केस’मा तीन महिनासम्म मधेसमा नै बसेर अनुसन्धान गर्दा त्यहाँका प्रत्येक गाउँपालिका, नगरपालिका मिलोमतोमा ‘स्पेक्ट लक’ गर्ने र एउटै कम्पनीको मात्रै समान आउने गरेको पाइएको अख्तियार प्रमुख राईको भनाइ छ। ‘स्पेक्ट’ एउटा बनाउने समान अर्कै ल्याउने गरेको पनि देखियो। त्यसरी मेडिकल उपकरणमा घोपाला गर्ने रहेछन्। एउटा भनेको छ, अर्को सस्तोवाला ल्याइदिएर पनि भ्रष्टाचार गर्ने गरेको पनि पाइयो।’, अख्तियार प्रमुख राईको सार्वजनिक अभिव्यक्ति दिएका छन्।
राप्ति स्वास्थ्य प्रतिष्ठानका दुईवटा मुद्दा उदाहरण दिँदै अख्तियारले प्रमुख राईले भनेका छन्, ‘सामानको स्पेक्ट बनाएर एउटा त लक नै गरियो। लक गरेको सामान पनि ल्याएको भए त हुन्थ्यो नि, स्पेसिफिकेसनभन्दा फरकको समान ल्याएर जडान गरेको भेटिएपछि हामीले मुद्दा चलाएका हौं।’, २ सय देखि ३ सय प्रतिशत सम्म मूल्यमा फरक पार्ने अवस्था रहेको उनको टिप्पणी छ।
आवश्यकताभन्दा बढी मेडिकल उपकरण किनेर प्रयोग नगरि थन्क्याएर राखिदिने गरेको औंल्याउँदै राईले यसमा बजेट सिध्याउने काम भएको आरोप लगाएका हुन्। गाउँपालिकामा जनशक्ति र संरचना नै नभएको ठाउँमा अनावश्यक उपकरण खरिद गरेर भ्रष्टाचार गरिएको प्रशस्त उदाहरण प्रस्तुत गर्दै गाउँमा रगत खकार लगायतका सामान्य चेकजाँच हुनसक्ने अवस्था छ तर त्यहाँ २० प्रकारका जाँच गर्ने उपकरण, सामग्री लगेर राखिदिएको प्रतिक्रिया दिएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस