सहसचिवको दरबन्दी भएको बैतडीमा उपसचिव सिडिओ खटाइयो


काठमाडौं। सहसचिवको दरबन्दी भएको बैतडी जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाइएको छ। गृह मन्त्रालयले बैतडीको सिडिओमा उपसचिव कृष्ण थापालाई पठाएको हो।

बैतडीका सिडिओ सहसचिव पुण्य बिक्रम पौडेल ५८ उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि थापालाई सिडिओमा खटाइएको हो। अवकाशमा गएका पौडेलको समेत दरबन्दी देखाएर सहसचिव थपिसकेका छन्। तर, सहसचिवको दरबन्दी भएको बैतडीमा उपसचिव सिडिओ खटाइएको हो। पौडेल ५८ वर्ष लागेर फागुन ४ गते अनिवार्य अवकाशमा गएका हुन्। उक्त ठाउँमा माघ १५ गते नै उपसचिव सिडिओ खटाएको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ