जागिर गुमाएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करारका कर्मचारीले अझै सवारीसाधन फिर्ता गरेनन्
काठमाडौं। जागिर गुमाएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करारका कर्मचारीले अझै सवारीसाधन फिर्ता नगरेको खुल्न आएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले सूचना नै जारी गरेर सवारीसाधन फिर्ता गर्न भनेको हो।
असार मसान्तदेखि करारको जागिर सम्पाप्त भएका पूर्व कर्मचारीले १ महिनाभन्दा बढीदेखि सवारीसाधन र मोबाइल दुरूपयोग गरिरहेको समितिले जनाएको छ। त्यसरी दुरूपयोग गर्नेमा चीरञ्जीवी बुढाथोकी,सैयद मोहम्मद इमरान,भद्रकाली पराजुली र तनबिर खाँ समितिले बतायो। बुढाथोकीले त मोटरसाइकलमा र मोबाइल नै समितिकाे चलाइरहेको पाइन्छ।

समितिले अत्ति भएपछि सूचना नै जारी गरेर सवारीसाधन र अन्य सामान बरबुझारथ गर्न दिएको समय पनि समाप्त भइसकेको छ। तर, पनि समितिको सम्पत्ति फिर्ता भएको छैन।
सवारी साधन दुरूप्रयोग गर्नेहरू
🌑चिरञ्जीवी बुढाथोकी: ६३५७ डिस्कोभर मोटरसाइकल (६२६७ अपाची जलाएको)
🌑सैयद महम्मद इमरान: ६२६६ (अपाची मोटरसाइकल)
🌑भद्रप्रसाद पराजुली: ६२६८ (अपाची मोटरसाइकल)
🌑तनबीर खाँ: ६२६० (ग्लैमर मोटरसाइकल)
🌑तारानाथ श्रेष्ठ: ६२६२ स्कुटी
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस